आइतबार, वैशाख ३०, २०८१

धनगढीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

मेरोन्यूज २०८० माघ १७ गते ९:४५

धनगढी । कैलालीको धनगढीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

Advertisement

धनगढी उपमहानगरपालिका-६ जाली स्थित बासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटी आफै अनियन्त्रित भएर मंगलवार साँझ दुर्घटना हुँदा स्कुटी पछाडी सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको र उनले त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जाई बस्ने २५ बर्सका रमेश चौधरी र २३ बर्सकी चन्द्रावती राना दम्पती घाइते भएका छन् ।

दुर्घटना भएको स्कुटरमा तीन जना सवार रहेका थिए । स्कुटी र चालक रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया