आइतबार, वैशाख ३०, २०८१

ललितपुरका तत्कालीन मालपोत अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मेरोन्यूज २०८० माघ १६ गते २१:४३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।

Advertisement

अभियुक्त भट्टराईउपर बिगो रु चार करोड ४० लाख १५ हजार नौसय २९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा आरोपत्र दायर गरेको हो।

प्रतिक्रिया