आइतबार, वैशाख ३०, २०८१

५ किलो गाँजासहित ‍‍‍‍‍‍‍‍‍‍‍‍बारामा १ जना पक्राउ

मेरोन्यूज २०८० माघ १६ गते २०:११

‍‍‍‍‍‍‍‍‍‍‍‍‍बारा । ‍‍‍‍‍‍‍‍‍‍‍‍‍बारामा अवैध लागूऔषध गाँजासहित १ जना पक्राउ परेका छन् ।

Advertisement

जितपुर सिमरा उपमहानगरपालिका-७ टेढारोडबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्तीपुर बस्ने २७ वर्षीय पवन गिरीलाई मंगलबार बिहान ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी टोलीलाई देख्नासाथ १ जना व्यक्तिले झोला छाडी फरार भएपश्चात उक्त झोला जाँच गर्ने क्रममा अवैध लागूऔषध गाँजा करिब ५ किलो फेला पारी प्रहरीले बरामद गरेको छ ।

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया