शनिबार, वैशाख २९, २०८१

बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु, ७ जना घाइते

मेरोन्यूज २०८० माघ १६ गते १८:३२

धनगढी । बैतडीमा मंगलबार जीप दुर्घटना हुदाँ एक बालिकाकाे मृत्यु भएको छ ।

Advertisement

दोगडाकेदार गाउँपालिका-२ को कटौजपानीमा सुपप्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा १३ वर्षीया मनिषा विष्टकको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा चालकसहितका अन्य ७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया