आइतबार, वैशाख ३०, २०८१

वीरगंजबाट ३६ लाख भन्दा बढि मुल्यको कस्मेटिक सामान र जुत्ता बरामद

मेरोन्यूज २०८० माघ १६ गते १७:३०

पर्सा । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भुटनदेवी मन्दिर नजिकैबाट करीव ३६ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान र जुत्ता बरामद गरेको छ ।

Advertisement

मंगलबार भारतबाट अवैध रुपले साईकलहरुमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र जुत्ता प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्तिहरु भने फरार भएका थिए ।

बरामद सामान वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

प्रतिक्रिया