शनिबार, वैशाख २९, २०८१

पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

मेरोन्यूज २०८० माघ १६ गते १७:००

काठमाडौं । कास्कीको पोखरामा बन्दै गरेको घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु भएको छ।

Advertisement

मंगलबार दिउँसो पोखरा महानगरपालिका ६ खहरे चोकस्थित चिनिमाया भण्डारीको बन्दै गरेको निर्माणधीन घरको ५ औं तलाको लिफ्टबाट खस्दा कास्कीको पोखरा महानगरपालिका ८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो।

दिउँसो १ बजेतिर तातो पानीको लागि सर्वे गर्ने क्रममा लिफ्टबाट अचानक खसेर गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उनको उपचारका क्रममा साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कार्यालयका अनुसार पोखरा रत्नचोकका भट्टराई न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए ।

प्रतिक्रिया