शनिबार, वैशाख २२, २०८१

पूर्व एसपी तिमिल्सिना भन्छन्- एअरपोर्टमा अध्यागमन अधिकृत कुटपिट घटनामा प्रहरी दोषी

मेरोन्यूज २०८० माघ १५ गते २२:१०

बजार तातेको छ। बिषय त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमन प्रमुखले ड्युटिमा खटिएको प्रहरी जवानलाई कुनै बिषयमा कुरो नमिले पछी आवेशमा आएर लात्तिले हाने त्यसको प्रतिकृया स्वरुप त्यहाँ खटिएका सबै मध्ये केहि वर्दिधारि प्रहरीहरुले अध्यागमन अधिकृतलाई रामधुलाई गरे। यो बिषयमा अनेक मत मतान्तर देखापरेका छन् । कसैले प्रहरीले सहि गरेको हो भनेका छन् , कसैले के सँधै प्रहरीले मात्रै हेपाइ सहेर बस्नुपर्ने ? कुटाइ सहेर बस्नुपर्ने ? अध्यागमन अधिकृतले चाहि आफ्नो पदीय मर्यादा बिर्सेर ड्युटिमा बसेको प्रहरी जवानलाई लात्ताले हान्न पाइने ? प्रहरीले जे गर्यो ठिक गर्यो। एका दुइ पत्रकारहरुले त सामाजिक सञ्जालमै गोली ठोक्नु पर्थ्यो कुटेछन् मात्रै भन्ने खालका अभिव्यक्ति पनि दिएको देखिन्छ।

Advertisement

यो बिषयमा सर्सर्ती संबैधानिक र कानूनी ब्यबस्था हेर्दा सबै भन्दा पहिले नेपालको संबिधान, २०७२ को प्रस्तावनामा उल्लेखीत “ सामन्ती, निरंकुश, केन्द्रिकित र एकात्मक राज्य ब्यबस्थाले श्रृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै” भन्ने बाक्यांश स त्यसपछी “ वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरि आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समाबेशि र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प गर्दै” र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्थाको माध्यम द्वारा दिगो शान्ति, सुशासन, बिकास र समृद्धिको आकांक्षा पुरा गर्न” भन्ने बाक्यांशलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिन्छ भने दोस्रो प्राथमिकतामा संबिधानकै भाग-३ अन्तर्गत व्यवस्था गरिएका मौलिक हक र कर्तव्य अन्तर्गत धारा-१६ सम्मानपुर्वक बाँच्न पाउने हक, धारा-१७ स्वतन्त्रताको हक को उपधारा (च), १८ समानताको हक, धारा २० न्याय सम्बन्धि हक, धारा २१ अपराध पिडितको हक, धारा २२ यातना बिरुद्धको हक, धारा २४ छुवाछुत तथा भेदभाव बिरुद्धको हक, धारा ३३ रोजगारिको हक, धारा ३४ श्रमको हक, धारा ४२ सामाजिक न्यायको हक लगायतका संबैधानिक ब्यबस्थालाई पनि दृष्टिगत गर्नैपर्ने हुन्छ। घटनाको सिसिटिभि फुटेज सार्बजनिक भएको छ र जताततै सामाजिक सञ्जालभरि छताछुल्ल छ र यी फुटेज कसरि सामाजिक सञ्जालमा छताछुल्ल आए भन्ने कुराले पनि प्रहरीको नियन्त्रण र रेखदेखमा रहने सिसिटिभि फुटेज कसरी सामाजिक सञ्जालमा आयो त ? यो प्रश्नको जबाफ प्रहरीको नेतृत्वले दिनै पर्छ। कानुनी कुरा केहि बेर पछाडि गर्छू पहिले यो सिसिटिभि फुटेजको आधारमा देखिएका केहि कुराहरुलाई गहिरिएर अध्ययन गर्नुपर्ने देखिन्छ।

कुल १ मिनेट ५८ सेकेण्डको भीडियो क्लिपको पहिलो ४ सेकेण्डमा प्रहरीले कुट्दै अध्यागमन अधिकृतलाई बाहिर निकालेको दृश्य(हाल चर्चामा रहेको बिषयको मुख्य अंश) देखिन्छ। त्यसपछि शुरु हुने दृश्यमा के देखिन्छ भने अध्यागमन अधिकृत वाक थ्रु गेट हुँदै भित्र प्रबेश गर्छन। उनी भित्र प्रवेश गर्दा सेक्युरिटि प्रोटोकल अनुसार मोवायल फोन टेबलमा राखेर वाक थ्रु गेट बाट भित्र छीर्छन र भित्र छिरिसकेपछि उनले आफ्नो मोवायल टिप्छन् । वाक थ्रु गेटमा प्रवेश गर्ने क्रममा अध्यागमन अधिकृतसँग अन्य २ जना पास धारि मानिसहरु पनि छन् । अध्यागमन अधिकृत भित्र छिर्न खोजे पछि प्रहरीको एक जवानले उनलाई रोक्छन् । अब यहाँ के कुरा तर्फ ध्यान दिनुपर्छ भने अध्यागमन अधिकृतलाई रोक्नको लागि त्यहाँ कुनै अधिकृत दर्जाका प्रहरी कर्मचारि छैनन। ति प्रहरी जवानले अध्यागमन अधिकृतलाई चेक गर्न खोज्छन अब पहिलो कुरो अध्यागमन अधिकृत जस्तो मानिस वाक थ्रु गेटबाट छिर्दा शंकास्पद केहि बोकेका थिए भने वाक थ्रु गेटबाट आवाज आउनुपर्ने हो त्यो आवाज आयो या आएन त्यहिकालाई थाहा होला। तर सामान्य हिसाबले वाक थ्रु गेटबाट छिरिसकेपछि अध्यागमन अधिकृतको चेक जाँच गर्नु पर्ने नै थियो भने ति प्रहरी जबानले उनलाई गेटमा रोकेर आफ्नो कुनै अधिकृतलाई खबर गर्नुपर्ने थीयो जुन भएको देखिएन। अध्यागमन अधिकृतसँग बादबिबादकै क्रममा अध्यागमन अधिकृतसँग आएका २ जना मध्ये एक जना व्यक्ति अर्को कोठामा पसिसक्छन उनलाई रोक्नेतर्फ प्रहरीले कुनै प्रयास गरेको देखिदैन । त्यसपछी अध्यागमन अधिकृत भीत्रको कोठामा छिर्छन प्रहरीको जवानले उनलाई बाटो छाडेर फेरि उनलाई रोक्न खोजेको देखिन्छ। अब यहाँ के कुरा उठ्छ भने त्यहाँ शंकास्पद गतिबिधी भएको छ वा हुँदैछ भन्ने थाहा पाएपछि अन्य प्रहरी कर्मचारिहरु आएर भित्र छीर्ने कोठाको ढोकामा उभीएर किन उनलाई रोकेनन ? ४८ औं सेकेण्ड पछि एक्कासि दृश्यमा के देखिन्छ भने प्रहरीको समुहले अध्यागमन अधिकृतलाई हातपात गर्दै ठेलेको देखिन्छ र त्यहाँ त्यो बेला सम्म कुनै प्रहरीको अधिकृतको उपस्थिति देखीदैन। त्यसपछि अध्यागमन अधिकृत अर्को कोठामा पुग्दाको दृश्य देखिन्छ जहाँ अघिल्लो कोठाकै प्रहरी जबान र अध्यागमन अधिकृत बिच बादबिबाद हुदै गरेको देखीन्छ।

अर्को कोठामा आएपछि ति प्रहरी जवानले अध्यागमन अधिकृतको पाखुरामा समातेको देखिन्छ र अधिकृतले पाखुरा छुटाएको पनि देखिन्छ। त्यसपछी अर्को कोठाबाट एकजना अर्का प्रहरी जवान वेगले आउँछन। एकजना महिला हवल्दारसाब अलि पर उभीनुभएको देखिन्छ भने अर्का पुरुष हवल्दार साब भीत्र छिर्नुहुन्छ र सँगसँगै अर्की महिला हवल्दार साब समेत नजिकै आइपुग्नुभएको दृश्य देखिन्छ भने अध्यागमन अधिकृतलाई घेरा हाल्दै लगेको देखिन्छ भने बिस्तारै प्रहरी जवानले अध्यागमन अधिकृतलाई हातमा समात्न खोज्दा अध्यागमन अधिकृतले प्रतिरोध गरेपछि अध्यागमन अधिकृतमाथि सामुहिक प्रहार गर्दै उहाँलाई भित्तामा पुर्याएपछि मात्रै अध्यागमन अधिकृतले लात्ति प्रहार गरेको दृश्य आफैं बोल्छ अरु कोहि बोलिरहनु पर्दैन। हातपात गर्दै अध्यागमन अधिकृतलाई भित्तामा पुर्याएपछि उनले आफ्नो बचावको लागि लात्ति प्रहार गरेको देखिन्छ तर हेर्दा उनको लात्ती कसैको घुँडा भन्दा माथि गएको छैन। तर त्यसपछी उनीमाथी सामुहिक प्रहार भएको स्पष्टै देखिन्छ। र यति हुँदा पनि त्यहाँ कुनै सिनियर प्रहरी अधिकृतको उपस्थिति देखिदैन।

अध्यागमन अधिकृतलाई हातपात गर्दै बाहिर पुर्याएपछि हस्याङफस्याङ गर्दै एकजना प्रहरि नायब निरीक्षक कुर्सी नाघेर झगडा भएको स्थानमा पुगेको दृश्य पनि देखिन्छ। यहाँ समग्र प्रकृयामा प्रहरीले आफैंलाई कमाण्डर मानेर निर्णय गरेको देखिन्छ। हरेक प्रहरी जवान आफैं कमाण्डर हुने हो भने फोर्समा किन माथिल्लो दर्जा राखिरहनुरु कमाण्डको कमजोरिले गर्दा प्रहरी जवानहरु अनियन्त्रित भएको दृश्य स्पष्टै देखिन्छ त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल भित्रको यो समग्र घटनामा। यसरि सिसिटिभि फुटेजको अध्ययन गर्दा त्यहाँ अध्यागमन अधिकृतले पहिले हातपात गरेको देखीदैन। पहिले प्रहरीले हातपात गर्दै उनलाई ठेले पछि उनले लात्ती प्रहार गरेको घाम जत्तिकै छर्लङ्ग देखिन्छ।
अब यो घटना घटिसकेपछि अति सुरक्षित रुपले २४ सै घण्टा निगरानीमा रहने सिसिटिभि फुटेज कसरी बाहिर आयो भन्ने बिषयमा पनि छानबिन गर्नुपर्ने हुन्छ। प्रहरीको निगरानीमा रहने यो सिसिटिभि फुटेज के अरु कसैले बाहिर निकाल्न सक्छ? सामान्य मोटर साइकलको चोरि भएर सिसिटिभि फुटेज हेर्न त सोर्सफोर्स लगाउनुपर्छ काठमाडौ उपत्यकामा भने त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल भित्रको संवेदनशिल सिसिटिभि फुटेज कसरि बाहिरियो, किन र कसको आदेशमा निकालियो भन्ने तर्फ पनि छानबिन हुनु जरुरि छ।

अब यहाँ हेर्नुपर्ने बिषय के छ भने अध्यागमन अधिकृत समेत बिना कुनै चेक जाँच छिर्न नमिल्ने कक्षको अगाडि कोठाको वाक थ्रु गेटमा किन कुनै सिनियर अधिकृतको ड्युटि राखिएन। जर्नेल दर्जाको व्यक्ति कार्यालय प्रमुख हुने, उनको 2-I-C (Second-in command) समेत प्रथम श्रेणीको प्रहरी अधिकृत हुने, अनि फील्ड अफिसर समेत राज पत्रांकित द्वितिय श्रेणीको डि.एस.पि. हुने अन्तराष्ट्रिय विमानस्थलको त्यस्तो संवेदनशिल स्थानमा एउटा जवानको भर पर्नु के उचित थियो ? समग्र घटना क्रममा त्यहा कुनै राजपत्रांकित अधिकृत देखिदैनन।

यो घटनालाई लिएर सामाजिक सञ्जालमा बग्रेल्ति कमेन्टहरु आएका छन। प्रहरीले लेखाउन लगाएको जस्तो देखीने समाचारहरु, कमेन्टहरु पनि बग्रेल्ति देखिन्छन। तर त्यहाँ कानूनि राज्यको महसुस गराउने किसिमको कार्य प्रहरीबाट भएको देखीदैन। संबेदनशिल स्थान भएकोले नै होला एस. पि. बस्ने स्थानमा प्रथम श्रेणीका दुइ जना अधिकृत र द्वितिय श्रेणिका फील्ड अधिकृत राख्ने ब्यवस्था भएको। तर् अध्यागमन अधिकृत समेत बिना कुनै चेकजाँच छिर्न नमिल्ने त्यस्तो संबेदनशिल स्थानमा किन कुनै सिनियर अधिकृतलाई खटाइएनरु त्यसपछी अर्को प्रश्न उठ्छ प्रहरी ऐन द्वारा प्रत्यक्ष निर्देशित र संरक्षित प्रहरीको जवानले प्रहरी अध्यागमन अधिकृत हुन भन्ने थाहा पाए पछि किन माथिल्लो कमाण्डरलाई रिपोर्ट गरेन र किनै आफैं प्रहरीहरु सामुहिक रुपमा जाइलागे भन्ने प्रश्न त उठ्छ नै तर आकर्षित चाहि प्रहरी ऐन २०१२ को दफा ३३(ख) को उपदफा (च) मा उल्लेखीत ब्यबस्था आकर्षित हुन्छ- “ड्युटिमा रहेको या नरहेको भए तापनि माथिल्लो दर्जाको कर्मचारि हो भन्ने थाहा पाएपछि वा बिश्वास गर्ने कारण छँदाछँदै अपराधिक बल प्रयोग गरेमा वा गर्ने उद्योग गरेमा वा धम्कि दिएमा – दश बर्ष सम्म कैद वा दुइ बर्षको तलब बराबर सम्म जरिवाना वा दुबै सजाय हुनेछ।”

अब संबैधानिक र कानूनि ब्यबस्था तिर हेरौं। मौलिक हकका धाराहरुकै कुरा गर्दा पनि पहिले अध्यागमन अधिकृतलाई धकेलेर भीत्तो सम्म पुर्याउने कार्य प्रहरीहरुबाटै भएको देखीन्छ। कुनै जिम्मेवार अधिकृतको कमाण्ड नै नरहेको त्यो स्थानमा निम्न दर्जाका कम जानकार प्रहरी कर्मचारिहरुको उपस्थिति देखिन्छ। प्रहरीमा कमाण्डरको महत्व र महत्तालाई प्रहरी संगठन आफैले बेवास्ता गरेर त्यस्तो स्थानमा संबेदनशिलताको अध्ययन गरेर सिनियर अधिकृत खटाउनुपर्नेमा प्रहरी प्रधान कार्यालय र अन्तराष्ट्रिय विमानस्थलका कमाण्डरको कमिकमजोरि छर्लङ्ग हुन्छ। त्यस माथी पनि गृह मन्त्रालय मातहतको प्रहरीले गृह मन्त्रालय मातहतकै अध्यागमनको प्रथम श्रेणिको अधिकृतलाई नै तल्लो दर्जाको प्रहरी कर्मचारिले अनुशासन र मर्यादाको सिमा नाघेर कुटपिट लछारपछार पारेको स्पष्टै देखिन्छ।
अब अर्को तर्क तिर जाउँ प्रहरी प्रचलित नेपालका सबै कानुनहरुको पालना गराउँछु भनेर प्रहरी ऐन बमोजिमको सपथ खाएर कार्यक्षेत्रमा प्रवेश गरेको हुन्छ। अब भनौं नेपालको कुन चाहि कानुनले प्रहरीले कार्यक्षेत्रमा या ड्युटि स्थलमा या अनुसन्धानको क्रममा स्थानिय प्रशासन ऐनको प्रयोग बिना कसरि र कसलाई हातपात या कुटपिट गर्न पाउँछ ? स्थानिय प्रशासन ऐनका प्राबधानहरु जिल्ला सुरक्षा समितिको बैठक बसि भएका निर्णयहरु मार्फत लागु भएको अबस्थामा त प्रमुख जिल्ला अधिकारिको अनुमति बिना सामान्य लाठि चार्ज पनि गर्न पाउँदैन भने अन्य कुनै पनि अबस्थामा प्रहरीले कसैलाई कुटपिट गर्नु मानवअधिकारको गम्भिर उल्लंघन हो। मानव अधिकारको बिश्व व्यापि घोषणा पत्रमा प्रतिबद्धता जनाएको हाम्रो मुलुक, मानव अधीकारको पुर्ण पालना गर्दै बल प्रयोगका आधारभूत सिद्धान्तको पालना गर्छु भनेर प्रतिबद्धता जनाउने नेपाल प्रहरीलाई त्यसरी कसैलाई कुटपिट र हुलहुज्जत गर्ने छूट छैन। हुलहुज्जत र गुण्डागर्दि नियन्त्रण गर्नको लागि कानुन बमोजिम परिचालित हुनुपर्ने प्रहरी किन त्यहाँ गुण्डागर्दि शैलिमा उत्रियो भन् ठुलो प्रश्न उब्जेको छ अहिले कानुनी राज्य र न्यायिक सर्बोच्चताको बारेमा सचेत चेतनशील नागरिक समुहहरु।

(पूर्व प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाको फेसबुकबाट साभार)

प्रतिक्रिया