शनिबार, वैशाख २९, २०८१

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

मेरोन्यूज २०८० माघ १५ गते २०:४२

काठमााडाैं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित सोही उपहानगरपालिका-२१ बस्ने ३५ वर्षीय केशव राम अहिरलाई  प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.५ प ६१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अहिरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाराकाे जितपुर सिमरा उपमहानगरपालिका-१६ महेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १.१० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१५ सुन्दरबस्ती बस्ने २७ वर्षीय राजेन्द्र गुरूङ समेत ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुम्मरवानाबाट खटिएको प्रहरीले उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।  

बर्दियाकाे मधुवन नगरपालिका-६ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय मेहडी हसन अन्सारी र सोही नगरपालिका-८ बस्ने २९ वर्षीय प्रकास सुनार रहेका छन् । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले अनसारीको घर तलासी गर्दा उक्त पदार्थ फला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।   

प्रतिक्रिया