शनिबार, वैशाख २९, २०८१

१५ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ

मेरोन्यूज २०८० माघ १५ गते १५:४७

झापा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-८ बस्ने १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

धिमालले ती बालिकालाई मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।   

प्रतिक्रिया