आइतबार, वैशाख २३, २०८१

यू–१९ विश्वकप : कप्तान देव खनाल अर्धशतक बनाएर आउट

मेरोन्यूज २०८० माघ १२ गते २०:०७

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध नेपाली टिमका कप्तान देव खनालले अर्धशतक बनाएका छन् ।

Advertisement

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा जारी खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान देवले अर्धशतक बनाएका हुन् । उनी ५८ रन बनाएर आउट भए ।

१५–२ को कठिन अवस्थामा ब्याटिङमा लागि आएका देवले ८९ बलमा सात चौका प्रहार गरे ।

जारी खेलको ३७ ओभर समाप्त हुँदा नेपालले सात विकेट गुमाएर १२७ रन बनाएको छ ।

प्रतिक्रिया