आइतबार, वैशाख २३, २०८१

आकाशको घातक बलिङ, ३४ रनमै अफगानिस्तानले गुमायाे ५ विकेट

मेरोन्यूज २०८० माघ १२ गते १४:५०

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पाँचौं विकेट लिएको छ ।

Advertisement

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका आकाश चन्दले नेपाललाई पाँचौं सफलता दिलाएका हुन् ।

यसअघिका चारमध्ये तीन विकेट पनि आकाशले नै लिएका हुन् ।

अफगानिस्तानको पहिलो विकेट गुल्शन झाले दिएका थिए । त्यसयता आकाशले लगातार विकेट लिँदै ३४ रनमै अफगानिस्तानको दोस्रो तेस्रो चौथो र पाँचौं विकेट झारे । यो सँगै अफगानिस्तान संकटमा परेकाे छ ।

प्रतिक्रिया