शनिबार, वैशाख १५, २०८१

सामसङको ग्यालेक्सी एस २४ स्मार्टफोन एआई लोडेड फिचर्ससहित सार्वजनिक

मेरोन्यूज २०८० माघ ४ गते १०:३१

काठमाडौं । सामसङको बहुप्रतिक्षित ग्यालेक्सी एस२४ सिरिज सार्वजनिक गरिएको छ ।

प्रिमियम फोनको विश्व बजारमा एप्पललाई चुनौति दिनेगरी सामसङले बुधबार राति एक कार्यक्रममार्फत पहिलोपट एआई(आर्टिफिसियल इन्टेलीजेन्स) फिचर्स लोड भएका नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।

सामसङले ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी प्लस तीन भेरियन्टसहित नयाँ लाइनअप ल्याएको छ। फोनमा लाइभ कललाई विभिन्न १३ भाषामा अनुवाद गर्न सक्ने दोभासेको एआई फिचर राखिएकाे छ ।

फोनमा कुराकानी (टेक्स्ट)लाई अर्काे भाषामा अनुवाद गर्न सकिने, भ्वाइस रेकर्डरमा क्बकगलन ट्रान्सक्रिप्सनलाई अर्को भाषामा अनुवाद गर्ने लगायत नोट्स एपले पनि केही उपयोगी फिचर समेटेको छ ।

साथै फोनमा फोटो र भिडियो इडिटिङका निम्ति केही टुलहरु उपलब्ध छन् । फोनमा क्लाउडमा आधारित थुप्रै एआई सुविधा समेटेकाे छ। साथै कम्पनीले गुगलको जेमिनी फोनमा जोडेको छ । फोनमा जेनेरेटिभ एआईबाट सञ्चालित फोटो र भिडियो इडिट गर्न सकिने उपकरण एआईको यूआईमा गुगल बार्डको आइकन लगायतका सुविधाहरु यस फोनमा उपल्ब्ध रहेका छन् ।

एस २४ सिरिजका लाइनअपमा यस्ता फिचर्स समावेश गरिएका छन् ।

ग्यालेक्सी एस २४ अल्ट्रा

ग्यालेक्सी एस२४ अल्ट्रामा रहेको ६.८ इन्च क्यूएचडी प्लस डाइनामिक एएमओएलईडी डिस्प्लेले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। यसमा यसमा क्वालकमको स्न्यापड्रागन ८ जेन ३ चिप सेट छ। फोन अधिकतम १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ। २०० मेगापिक्सेलको मुख्य क्यामरा रहने ग्यालेक्सी एस२४ अल्ट्रामा टेलिफोटो सहित १० एक्स डिजिटल जुमका साथै ८ के भिडियो रेकर्डिङ सपोर्ट छ। फोन ५ हजार एमएएचको ब्याट्रीमा उपलब्ध छ।

ग्यालेक्सी एस २४

ग्यालेक्सी एस२४ रहेको ६.२ इन्च फूलएचडी प्लस डाइनामिक एएमओएलईडी डिस्प्लेले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। यसमा यसमा क्वालकमको स्न्यापड्रागन ८ जेन ३ चिप सेट छ। फोन अधिकतम ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ। ५० मेगापिक्सेलको मुख्य क्यामरा रहने ग्यालेक्सी एस२४ अल्ट्रामा टेलिफोटो सहित ३ एक्स डिजिटल जुमका साथै ८ के भिडियो रेकर्डिङ सपोर्ट छ। फोन ४ हजार एमएएचको ब्याट्रीमा उपलब्ध छ।

ग्यालेक्सी एस २४ प्लस

ग्यालेक्सी एस२४ प्लसमा रहेको ६.७ इन्च क्यूएचडी प्लस डाइनामिक एएमओएलईडी डिस्प्लेले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। यसमा यसमा क्वालकमको स्न्यापड्रागन ८ जेन ३ चिप सेट छ। फोन अधिकतम ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ। ५० मेगापिक्सेलको मुख्य क्यामरा रहने ग्यालेक्सी एस२४ अल्ट्रामा टेलिफोटो सहित ३ एक्स डिजिटल जुमका साथै ८ के भिडियो रेकर्डिङ सपोर्ट छ। फोन ४ हजार ९०० एमएएचको ब्याट्रीमा उपलब्ध छ।

सामसङले सार्वजनिक गरेको तीन भेरियन्टकाे अमेरिकी बजारमा ग्यालेक्सी एस ट्वान्टी फोरको मूल्य ७९९ डलर, प्लसको ९९९ र अल्ट्राको १२९९ डलर निर्धारण गरेको छ। त्यस्तै भारतीय बजारमा भने क्रमश : ६३ हजार,  ६६ हजार र १ लाख ८ हजार भारतीय रुपैयाँ हुनेछ। यो आधार मूल्य हो प्रत्येक मोडलको स्टोरेज क्षमता अनुसार मूल्य बढ्नसक्नेछ। 

प्रतिक्रिया