आइतबार, वैशाख १६, २०८१

पशुपतिकाे जलहरी भ्रष्टाचारमा मुछिएका सदस्य सचिव थापासँग ३ लाख धरौटी माग

मेरोन्यूज २०८० माघ २ गते १६:०४

काठमाडौं । पशुपतिनाथमा चढाइएको जलहरीको सुनमा भ्रष्टाचार गरेको आरोप खेपिरहेका तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासँग विशेष अदालतले धरौटी माग गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापा त्यसअघिका सदस्यसचिव डा प्रदीप ढकाल र अरुण श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । डा ढकाल र श्रेष्ठबारे विशेषको आदेश आइसकेको छैन ।

विशेष अदालतका सदस्यहरु डा खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।

प्रतिक्रिया