आइतबार, वैशाख २३, २०८१

साउथ अभिनेत्री नयनताराविरुद्ध एफआईआर दर्ता

मेरोन्यूज २०८० पुष २७ गते १३:०१

काठमाडौं । साउथ इन्डस्ट्रीकी सुपरस्टार नयनथाराविरुद्ध एफआईआर दर्ता भएको छ ।

Advertisement

फिल्म ‘अन्नपूर्णी’ मा धार्मिक भावनामा चोट पुर्‍याएको र लभ जिहादलाई बढावा दिएको आरोपमा जबलपुरमा अभिनेत्री विरुद्ध एफआईआर दर्ता भएको हो। फिल्मका धेरै दृश्य आपत्तिजनक रहेको भन्दै हिन्दू सेवा परिषदले ओमटी प्रहरी चौकीमा उजुरी दिएको छ ।

फिल्मका धेरै दृश्य आपत्तिजनक रहेको भन्दै हिन्दू सेवा परिषद्ले ओमटी प्रहरी चौकीमा उजुरी दिएको छ । फिल्मको संवादमा भगवान श्रीरामको बारेमा पनि अभद्र टिप्पणी गरिएको र लभ जिहादलाई प्रवर्द्धन गरिएको उजुरीकर्ताको दाबी छ ।

हिन्दू सेवा परिषद्का प्रदेश अध्यक्षले फिल्मले हिन्दू धर्मलाई ठेस पुर्‍याएको आरोप लगाएका छन् । फिल्म ‘अन्नपूर्णी’ नयनताराको ७५ औँ फिल्म हो ।

प्रतिक्रिया