आइतबार, वैशाख २३, २०८१

विवाह गर्दै विजय देवरकोन्डा र रश्मिका मन्दाना !

मेरोन्यूज २०८० पुष २४ गते १३:१८

काठमाडौं । डियर कमरेड फेम्ड अभिनेता अभिनेत्री विजय देवरकोन्डा र रश्मिका मन्दनाले विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुले फेब्रुअरीको दोस्रो सातामा इन्गेजमेन्ट गर्न लागेका छन् ।

Advertisement

निकट स्रोतका अनुसार विजय र रश्मिका यही वर्ष बिहे गर्ने तयारीमा छन्। तर उनीहरुले अहिलेसम्म आफ्नो सम्बन्धबारे बोलेका छैनन्।

रश्मिका र विजय दुई सुपरहिट फिल्ममा सँगै काम गरिसकेका छन्। ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ फिल्ममा उनीहरूको जोडी खुब रूचाइएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू धेरैपटक सँगै देखिने गरेका छन् । दीपावलीको अवसरमा विजयले आफ्नो घरमा पार्टी आयोजना गरेका थिए, जसमा रश्मिका पनि सहभागी भएकी थिइन् । त्यसयता नै उनीहरु सम्बन्धमा रहेको धेरैले अड्कलबाजी गरेका थिए । यस बाहेक दुवैलाई धेरै पटक सँगै छुट्टी मनाउने गरेको पनि देखाइएको छ ।

प्रतिक्रिया