आइतबार, वैशाख २३, २०८१

प्रभासकाे ‘सलार’काे १६ दिनमा कमाइ कति ?

मेरोन्यूज २०८० पुष २२ गते १३:२२

काठमाडौं । प्रभास अभिनित ‘सालार’ले बक्स अफिसमा लगातार बम्पर कमाइ गरिरहेको छ । दमदार कन्टेन्ट र एक्सनले भरिपूर्ण यो फिल्मको कमाई तीव्र गतिमा बढिरहेको छ ।

Advertisement

विशेषगरि प्रभासको फाइटिंग सीनले फ्यानमाफ फिल्मको लोकप्रियता बढाएको छ । यसबाहेक पृथ्वीराज सुकुमारनको स्वैगले भरिएको एन्ट्रीले मनोरञ्जनलाई थप बढाएकाे छ ।

रिलिजकाे १६ औं दिन शनिबार फिल्मको कमाईमा उल्लेख्य वृद्धि भएको छ । ‘सालार’ को पछिल्लो कलेक्शनले फिल्म ब्लकबस्टर हुने संकेत गरिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार फिल्मले १६ औं दिन शनिबार ५ करोड २५ लाख भारुको कलेक्सन गरेको छ । याे सँगै फिल्मको कुल कमाई ३ सय ८७ करोड पुगेको छ ।

अब ४०० करोड कमाउनको लागि ‘सालार’ ले थारै मेहिनत गर्नुपर्नेछ । फिल्मले जुन गतिमा कमाइ गरिरहेको छ, त्यो हेर्दा दुई दिनमै फिल्मले ४ सय करोडको आँकडा छुन्ने भन्नु गलत हुनेछैन ।

प्रतिक्रिया