आइतबार, वैशाख २३, २०८१

शाहरुख खानकाे ‘डंकी’ ले हालसम्म कति कमायाे ?

मेरोन्यूज २०८० पुष २२ गते १२:४४

काठमाडौं । शाहरुख खान स्टारर फिल्म ‘डंकी’ले रिलिजको तेस्रो शनिबार पार गरेको छ ।

Advertisement

नयाँ वर्ष सुरु भएदेखि फिल्मको व्यापारमा भारी गिरावट आइरहेको छ, जसकारण ‘डंकी’को कुल बक्स अफिस कलेक्सनमा समेत असर परेको छ ।

रिर्पोटका अनुसार रिलिजको १८ औं दिनमा (शनिबार) फिल्मले ३.५० करोड भारु कलेक्सन गरेको छ।

फिल्मकाे कुल बक्स अफिस कलेक्सन हेर्दा अहिले सम्म यो फिल्मले २१२.२२ करोडको व्यापार गरेको छ ।

योसँगै फिल्म शाहरुखको फिल्मी करियरको टप ५ फिल्ममा परेको छ।

प्रतिक्रिया