मंगलबार, वैशाख २५, २०८१

मा‌ओवादी केन्द्रको निष्कर्ष : रूपान्तरण अभियान सफल भएको छ

मेरोन्यूज २०८० पुष १७ गते १४:२७

काठमाडौं । माओवादी केन्द्रले ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ सफल भएको दाबी गरेको छ ।

Advertisement

मंगलबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष अग्नि सापकोटाले कार्यकर्तामा जागृती आएको र जनतामा आश पलाएको बताए ।

‘विशेष रूपान्तरणले साङ्गठनिक गतिशील भएका छन् । संगठन नबनेको ठाउँमा संगठन बनेको छ । निष्क्रिय भएको ठाउँमा सक्रिय भएको छ । पार्टीबाट पलायन हुने क्रम रोकिएको छ । अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको छ । जनता माओवादीमा फर्किएका छन्’, प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।

उनले अभियानको क्रममा आफू सुदूरपश्चिमको दार्चुला पुगेको जानकारी दिँदै स्थलगत अवलोकनपछि निकै उत्साहित भएको बताए ।

प्रतिक्रिया