मंगलबार, वैशाख २५, २०८१

बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन : प्रधानमन्त्री

मेरोन्यूज २०८० पुष १६ गते १७:३८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको बताएका छन् ।

Advertisement

सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रूपमा भएको आफूले अनुमान गरेको बताएका हुन् । उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको जिकिर गरे ।

उनले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको बताए । घटनाको अन्तर्यमा अरू नै केही कुरा भएको उनको भनाइ छ ।

उनले मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताए ।

प्रधानमन्त्रीले जनतालाई निराशा बाँडिएको भन्दै देशमा अँध्यारो बाहेक केही नदेखाउनेहरू राष्ट्रवादी हुन नसक्ने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सहमति भएको पनि बताए ।

प्रतिक्रिया