सोमबार, वैशाख २४, २०८१

दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकियो : ओली

मेरोन्यूज २०८० पुष १६ गते १६:२०

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले केही समययता देशमा बढ्दै गएको राजावादीको क्रियाशीलताप्रति आपत्ति जनाएका छन् ।

Advertisement

नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर सोमबार प्रज्ञा भवन कमलादीमा आयोजना गरेको विमर्श सभालाई सम्बोधन गर्दै ओलीले तीन ठूला दलका शीर्ष नेता भेट्दा राजावादीको टाउको दुख्ने गरेको बताए।

‘हामी तीनजना नेता भेट्यो कि उनीहरू (राजावादी)को टाउको दुख्छ, सामाजिक सञ्जालमा लेख्न थालिहाल्छन्, उनीहरूलाई चिन्ता लाग्छ राजतन्त्र फर्कन दिँदैन कि क्या हो ? हो त हाम्रो कपाल त्यसै फूलेको छ ?,’ उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र– यसमा हामी एक छौँ, हुनुपर्छ ।

शान्तिका सन्दर्भमा हामी एक छौँ, एक हुनुपर्छ। सामाजिक न्याय र समानताका लागि एक छौँ, हुनुपर्छ। हाम्रा इन्स्टिच्युसनहरू (संस्थाहरु) सबल र सक्षम बनाउने विषयमा भएका कमजोरी हटाउन पनि एक हुनुपर्छ।’

ओलीले राजतन्त्र दरबार हत्याकाण्डका बेलामै सकिएको बताए। ‘राजतन्त्रको बहस अब नेपालमा आवश्यकै छैन, किनभने यो सिद्धिसक्यो । दरबार हत्याकाण्डकै बेला सिद्धिएको हो,’ उनले भने, ‘हामीले त्यति बेला पर्याप्त, उपयुक्त कदम नचाल्ने कमजोरीले अलिक दिन एउटा डमी राजतन्त्र चल्यो। तमासा देखायो त्यसले, अनि हटाउनुपर्‍यो ।’

उनले राजावादीहरूलाई कस्तो राजा चाहिएको हो भन्दै प्रश्न पनि गरे। उनले प्रश्न गर्दै भने, ‘कस्तो राजा ल्याउन खोजेको रु यी दलहरूले गरेनन्, यी दलहरूलाई जेलमा हालेर चलाउने एकदम तानासाहको राजा बनाउन खोजेको ?’

प्रतिक्रिया