सोमबार, वैशाख २४, २०८१

बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश (पूर्णपाठ)

मेरोन्यूज २०८० मंसिर २८ गते १७:३९

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा  छाड्न आदेश दिएको हो । 

Advertisement

यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । उनीहरूबीच राय बाझिएका कारण तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश अनुरुप आज (बिहीबार) कोइरालाको इजलासमा सुनुवाइ भएको हो ।

यस्तो छ आदेशको पूर्णपाठ

प्रतिक्रिया