बिहीबार, वैशाख २०, २०८१

नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९ प्रतिशत पाइने

मेरोन्यूज २०८० मंसिर २६ गते १४:०२

काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र १ अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बताइएको छ । सर्वसाधारणलाई छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६ करोड रुपैयाँबराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि छुट्याइएको छ ।

सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सक्ने यस सातवर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतले ब्याज पाउने बैंकले जनाएको छ । यो ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिने बैंकले जनाएको छ ।

नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएकोे छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया