बिहीबार, वैशाख २०, २०८१

दुई दिनमै १८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० मंसिर २५ गते ११:२४

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ घटेको छ ।

आइतबार प्रतितोला १३ सयले घटेको सुनको मूल्य आज सोमबार पुनः प्रतितोला ५०० रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन १ लाख १७ हजार र तेजावी सुन १ लाख १६ हजार ४५० रुपैयाँ प्रतितोला कायम भएको छ। अघिल्लो दिन छापावाला सुन १ लाख १७ हजार ५०० र तेजावी सुन १ लाख १६ हजार ९५० रुपैयाँमा कायम भएको थियो।

त्यस्तै, आज चाँदीको भाउपनि घटेको छ। आइतबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कायम भएको छ।

प्रतिक्रिया