शनिबार, वैशाख २२, २०८१

रौतहटमा खेत जोतिरहेका किसानको करेन्ट लागेर मृत्यु

मेरोन्यूज २०८० मंसिर २३ गते १९:०१

काठमाडौं । रौतहटमा खेत जोतिरहेका एक जना किसानको करेन्ट लागेर मृत्यु भएको छ। ११ हजार भोल्टको विद्युत्‌को तार चुँडिएर खस्दा किसानलाई लागेको थियो।

Advertisement

उक्त तारबाट करेन्ट लाग्दा रौतहटको माधवनारायण नगरपालिका–७ लौकहाका ५५ वर्षीय किसान बैजुलाल पण्डितको मृत्यु भएको हो। खेत जोतिरहेका उनलाई एक्कासी तार लागेपछि त्यसको करेन्ट लागेर उनीसँगै एक गोरु पनि मरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि करेन्ट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया