शनिबार, वैशाख २२, २०८१

पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ

मेरोन्यूज २०८० मंसिर २३ गते १७:४३

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुर । ‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुर पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ परेका छन्।

Advertisement

हेटौंडा उपमहानगरपालिका-१० बाट १ थान पेस्तोल र २० थान गोलीसहित सोही उपमहानगरपालिका(९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

सोही उपमहानगरपालिका-९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै उनीहरूबाट हतियार सफा गर्ने रड १ थान, लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थानसमेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया