शनिबार, वैशाख २२, २०८१

८ किलो गाँजासहित दुईजना पक्राउ

मेरोन्यूज २०८० मंसिर २३ गते १६:५६

मकवानपुर । हेटौंडामा लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।

Advertisement

हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट करिब ८ किलोग्राम लागूऔषध गाँजासहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-१ बस्ने १९ वर्षीय नबिन स्याङतान र सोही ठाउँ बस्ने १९ वर्षीय सुजित स्याङतान रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको छ ।

प्रतिक्रिया