शनिबार, वैशाख २२, २०८१

ठगी गरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

मेरोन्यूज २०८० मंसिर २३ गते ७:३८

काठमाडौं । पोखराबाट ठगी गरेको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् ।

Advertisement

कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, पोखरा महानगरपालिका वडा नं.६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराललाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

उनीहरुविरुद्ध फोटोग्राफी व्यवसाय दर्ता गरिदिने भनी १३ हजार ५०० रुपैयाँ लिएको तर दर्ता नगरिदिएको भन्दै १५ जना व्यक्तिहरुले उजुरी दिएका थिए ।

कास्की प्रहरीका अनुसार उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइ छ।

प्रतिक्रिया