शनिबार, वैशाख २२, २०८१

माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

मेरोन्यूज २०८० मंसिर २२ गते १८:२५

काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

जुम्ला हिमा गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई ७ लाख ५ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

शाहीले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख १० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया