बुधबार, वैशाख २६, २०८१

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

मेरोन्यूज २०८० कार्तिक १९ गते ८:३५

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औँ बैठक आइतबार बस्ने भएको छ ।

Advertisement

बैठक बिहान ९ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेकाे हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हुने उक्त बैठकमा जाजरकोट भूकम्पपछि राहत, उद्धार र अवस्थाका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै प्रभावितको पहिचान, पुनःस्थापनाका साथै खोज, उद्धार र राहतका सम्बन्धमा स्रोत व्यवस्थापन लगायतका विषयमा छलफल गरिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया