मंगलबार, वैशाख २५, २०८१

नेपाली युवकले गरे अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

मेरोन्यूज २०८० कार्तिक १५ गते ८:११

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण गरेका छन्।

Advertisement

उनले बुधबार (आज) बिहान ६:४० बजे तान्जेनियाको किलिमाञ्जारो हिमालको सफल आरोहण‍ गरेका हुन्। किलिमञ्जारोको चुचुरोमा पुगेर उनले नेपालको राष्ट्रिय झण्डा फहराएका थिए।

उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ ।

पाण्डेले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका हुन्। उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन्।

यसअघि उनले जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल आरोहण गरेका थिए।

प्रतिक्रिया