शनिबार, वैशाख २२, २०८१

यू-१९ प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी जापान

मेरोन्यूज २०८० कार्तिक ३ गते १६:४०

काठमाडौं । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ ।

Advertisement

मलेसियामा जारी उक्त प्रतियोगिताको सेमिफाइनलमा शनिबार नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

नेपाली टोली समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

यू–१९ प्रिमियर कपको फाइनल खेल भने कात्तिक ७ गते हुनेछ । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया