शनिबार, वैशाख २२, २०८१

कोहलीले विश्वकपमा आठ वर्षपछि बनाए शतक

मेरोन्यूज २०८० कार्तिक ३ गते ८:०३

काठमाडौँ । एक दिवसीय विश्वकपमा भारतका ब्याट्सम्यान विराट कोहलीले ८ वर्षपछि शतक प्रहार गरेका छन् । बिहीबार बंगलादेशविरुद्धको खेलमा कोहलीले शतक प्रहार गर्दै भारतलाई जिताएका हुन् ।

Advertisement

कोहलीले ९७ बलमा ६ चौका र ४ छक्कासहित अविजित १ सय ३ रन बनाए ।

अन्तिम बलमा कोहलीले छक्का प्रहार गर्दै भारतलाई जित दिलाएका थिए । विश्वकपमा विराट कोहलीको यो तेस्रो शतक भए पनि लक्ष्य पछ्याउने क्रममा विश्वकपमा पहिलो शतक हो ।

सन् २०१५ को विश्वकपमा पाकिस्तानविरुद्ध शतक प्रहार गरेपछि कोहलीले बिहीबार शतक प्रहार गरेका हुन् ।

विश्वकपमा कोहलीले पहिलो शतक सन् २०११ मा बंगलादेशविरुद्ध लगाएका थिए ।

प्रतिक्रिया