शनिबार, वैशाख २२, २०८१

टी-२० सिरिजमा हङकङ नेपालसँग ६ विकेटले पराजित

मेरोन्यूज २०८० कार्तिक २ गते १४:००

काठमाडौं । नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ। बिहीबार मुलपानी मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

Advertisement

हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका ओपनर कुशल भुर्तेल ८, आसिफ शेख ४२, कुशल मल्ल १ र सन्दीप जोरा ३ रनमा आउट भए ।

कप्तान रोहितकुमार पौडेलले नटआउट २५ रन र गुल्सन झाले नटआउट १४ रन बनाए। बलिङमा हङकङका इशान खानले ३ विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो।

हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६, जीशन अलीले १७ रन बनाए । हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

हङकङका सुरूवाती पाँचसहित कुल ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २, २ विकेट लिए।

यसअघि नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिबार हङकङ र सोमबार युएईसँग खेल्नेछ।

त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल हुनेछ।

प्रतिक्रिया