शनिबार, वैशाख २२, २०८१

नेपाललाई हङकङले दियो ९५ रनको लक्ष्य

करण केसी एक्लैले लिए ४ विकेट

मेरोन्यूज २०८० कार्तिक २ गते १२:४४

काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा कमजोर खेलेको हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Advertisement

हङकङको सुरुवात नै निकै खराब रह्यो । १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

प्रतिक्रिया