शनिबार, वैशाख २२, २०८१

त्रिकोणात्मक टी-२० क्रिकेट शृंखला

नेपालविरुद्ध हङकङको कमजोर सुरुवात, १४ रन जोड्दा ४ विकेट गुम्यो

मेरोन्यूज २०८० कार्तिक २ गते ११:३५

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत हङकङले नेपालविरुद्ध कमजोर सुरुवात गरेको छ।

Advertisement

हङकङले १४ रन जोड्दा ४ विकेट गुमाएको छ। करन केसीले ३ र सोमपाल कामीले एक विकेट लिए।

हङकङका अंशुमान रथले ७, बाबर हायातले ५ र मार्टिन कोट्जीले २ रन जोडे भने निजाकत खानले खाता खोल्न सकेनन्।

पालीको पहिलो बलमै करणले निजाकतलाई आउट गरेका थिए। हङकङले ५ ओभरमा ४ विकेट गुमाएर १५ रन जोडेको छ।

मुलपानीस्थित क्रिकेट मैदानमा नेपालले फिल्डिङ रोजेपछि हङकङले ब्याटिङ गरिरहेको छ । नेपालले हिजो यूएईविरुद्ध खेलेको टिमलाई नै मैदान उतारेको छ ।

प्रतिक्रिया