बिहीबार, वैशाख २०, २०८१

काठमाडौं यी तीन सडक आजबाट एकतर्फी सञ्चालन हुने

मेरोन्यूज २०८० कार्तिक १ गते १०:३१

काठमाडौँ। काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्ड आजबाट एकतर्फी सवारी सञ्चालन हुने भएका छन् ।

महानगरपालिकाका अनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिको संयुक्त प्रयासमा आजसम्म दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाउन लागिएको हो ।

अब काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइँने छैन ।

त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हूँदै कमलादी मोडतर्फ आउन नपाइने बनाइनेछ ।

पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन । यहाँदेखि महेन्द्र शालिकसम्मको सडकला एकतर्फी भएको छ ।

प्रतिक्रिया