सोमबार, वैशाख २४, २०८१

एनआरएनएको ११औँ महाधिवेशन राष्ट्रपतिद्धारा उद्घाटन

मेरोन्यूज २०८० असोज ३० गते ११:२९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनको उद्घाटन गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार विहान महाधिवेशन उद्घाटन गरेका हुन् ।

Advertisement

मंगलबारदेखि काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।

महाधिवेशनमा मंगलबार र बुधबार तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ । यस्तै नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ ।

एनआरएनए अध्यक्षका लागि चारजनाले उमेदवारी दिएका छन् ।

वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन् ।

एनआरएनएको ११औँ महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।

प्रतिक्रिया