आइतबार, वैशाख २३, २०८१

कोशी विद्रोहपछि भएको ‘चिर्कटो’ सहमतिमा कांग्रेसका महामन्त्रीद्वयको असन्तुष्टि

मेरोन्यूज २०८० असोज २९ गते १८:११

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भएको सहमतिमा आपत्ति जनाएका छन् ।

Advertisement

पाटी सभापति देउवाले आफ्नो निवास धुम्बाराहीमा बोलाएको उपसभापति र महामन्त्रीहरूको बैठकमा उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

देउवासँगको छलफलपछि बाहिरिने क्रममा महामन्त्री शर्माले बैठकमा तीन नेताबीचको हस्तलिखित सहमतिमा छलफल भएको जानकारी दिए । ‘कोशीमा भएको घटनापछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच बालुवाटारमा भएको चिर्कटो सहमतिबारे बैठकमा छलफल भयो । त्यो चिर्कटो सहमतिप्रति हामी दुई महामन्त्री गगनजी र मैले असहमति प्रकट ग¥यौ,’ महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग भने ।

महामन्त्री शर्माले प्रधानमन्त्री दाहाल र देउवाले गठबन्धनलाई निरन्तरता दिन्छु भनेर वक्तव्य दिनु उपयुक्त नभएको बताए ।

शर्माले भने, ‘शेखरका प्रति आशंका भए उहाँले वक्तव्य दिएको भए भइहाल्यो । त्यो चिर्कटो बनाइएको विषयमा हामी दुई महामन्त्रीको सहमति छैन ।’

सभापति देउवाले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने शर्माको भनाइ छ । कोशीमा भएको दुर्घटनाको जिम्मेवारी देउवाले नै लिनुपर्ने बताउँदै समस्यालाई सहमतिमै हलमा पुग्नुपर्ने बताए ।

कोशीमा अब कांग्रेसले विश्वासको मत दिनुपर्ने धारणा आफूहरूले राखेको बताए ।

प्रतिक्रिया