आइतबार, वैशाख २३, २०८१

कोशीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत शनिबार बिहान ८ बजेबाट

मेरोन्यूज २०८० असोज २६ गते १८:३८

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ ।

Advertisement

माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेका थिए ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्की र समर्थन गरेको दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर भोलि हस्ताक्षर सनाखत गर्ने बताएका छन् ।

हेर्नुहोस प्रदेश प्रमुख कार्यालयको विज्ञप्ति :

प्रतिक्रिया