शुक्रबार, वैशाख २१, २०८१

लामखुट्टेको लार्भा भेटिएपछि पानी उद्योगलाई एक लाख जरिवाना

मेरोन्यूज २०८० असोज २६ गते ८:२३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति पानी उद्योगलाई जरिवानासहित निर्देशन दिएको छ ।

Advertisement

बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै बिहिबार रु एक लाख जरिवाना गरिएको महानगरका अनुगमन निरीक्षक डा अवधेश झाले जानकारी दिए ।

पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको उनको भनाइ छ । बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेको लार्भा भेटिएको थियो । महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ ।

काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि रु एक लाख जरिवाना गरेको थियो ।

प्रतिक्रिया