शुक्रबार, वैशाख २१, २०८१

काठमाडौँको गोकर्णेश्वरमा प्रहरीले लुटेरा समूहमाथि चलायो गोली

मेरोन्यूज २०८० असोज २५ गते १४:४०

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएका छन् ।

Advertisement

उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको र ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका–९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि पुगेको प्रहरीलाई देखेपछि लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘लुटेरा समूह आएको जानकारी पाएपछि हामी पुगेका थियौं, चेकजाँचका क्रममा उनीहरुले हतियार निकाले’, उनले भने,’आत्मरक्षाका लागि हामीले पहिले गोली चलायौं । एक जना घाइते भएका छन् ।’

घाइते युवकको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । नियन्त्रणमा लिएकाहरुलाई प्रहरी वृत्त वौद्धमा राखिएको छ ।

लुटेराहरू के लुट्न आएका थिए भन्ने प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया