शुक्रबार, वैशाख २१, २०८१

स्कुटरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु

मेरोन्यूज २०८० असोज २५ गते १३:४१

काठमाडौं । भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका(१ नगरकोटमोड नजिकै बा ६९प ९१० नम्बरको स्कुटरले आज बिहान ठक्कर दिंदा सल्लाघारीकी ६८ वर्षीय भुलिमाया धगुछुको मृत्यु भएको हो ।

दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स्कुटरले बाटो क्रस गर्ने क्रममा भुलिमायालाई ठक्कर दिएको थियो ।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी उनको डा .ईवामुरा अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ठक्कर दिने स्कुटर चालक दोलखाकको तामाकोशी गाँउपालिका( ४ घर भई भक्तपुर दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया