मंगलबार, वैशाख २५, २०८१

एनआरएनए उपाध्यक्षमा बासिदको उम्मेदवारी घोषणा

मेरोन्यूज २०८० असोज २३ गते १९:५५

काठमाडौ“ । गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

कतारलाई कर्मथलो बनाउ“दै आएका अब्दुलले नेपाल, कतार र बेलायतमा व्यवसाय गर्दै आएका छन् । ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्स भित्र्याएका अब्दुलले सयौंको संख्यामा नेपालीहरुलाई रोजगारी प्रदान गरेका छन् ।

अब्दुलले स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न आफू लागि पर्ने बताए । कर्मथलो विदेश भए पनि स्वदेशमा लगानी गरेर धेरै नेपालीहरुलाई रोजगारी दिने अब्दुलले बताए ।

युवा पुस्ताका मुद्धाहरु स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीहरुलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकहरुका आवाजलाई शसक्त रुपमा उठाउन समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया