मंगलबार, वैशाख २५, २०८१

एनआरएनए अध्यक्षका प्रत्याशी शर्मा ४० देश पुगे

मेरोन्यूज २०८० असोज २२ गते २१:३३

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनावी माहोल तातिएको छ । निर्वाचनको मिति आउन एक सातामात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासीमध्येका एक राजेन्द्र कुमार शर्मा(आरके) सोमबार काठमाडौँ आइपुगेका छन् । शर्मा काठमाडौँ आइपुग्दा एनआरएनए अभियन्ता र समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन ।

Advertisement

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफू नेतृत्वमा पुगेमा एनआरएनएलाई सशक्त र सम्मानित बनाउन लागिपर्ने प्रतिबद्धता जनाए । यसअघि नै आफूले २ वर्षे कार्यकालमा गर्ने कामको फेहरिस्तासहितको बाचापत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै शर्माले त्यसको प्रभावकारी कार्यान्वयनमा आफ्नो जोड रहने प्रतिबद्धता जनाए ।

वैधानिक च्यानलबाट रेमिट्यान्स आउने व्यवस्था मिलाउन ढिलाइ भइसकेको उल्लेख गर्दै शर्माले भने एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहेको बताए । ‘देशमा आर्थिक क्रान्तिका कार्यहरु गर्न ढिलाइ भइसकेको छ। एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहन्छ’, उनले भने । अबको एक दशक जति दुख गरेर भएपनि देशको आर्थिक क्रान्तिमा होमिनुको विकल्प नभएको उनको भनाइ छ ।

उनले एनआरएनएलाई एकताबद्ध बनाएर लैजाने आफ्नो स्पष्ट योजना रहेको उल्लेख गर्दै भने, ‘एनआरएनए सबैको साझा चौतारी हुनुपवर्छ । धनीको मात्रै संस्था भयो भन्ने आरोप पनि छ । सबै यो संस्थामा समेट्ने गरी एनआरएनएलाई एकताबद्ध बनाउँछु ।’

उनले एनआरएनए अभियानकै क्रममा आफूले केही महिनामा विश्वका ४० वटा देश पुगेको भन्दै सो क्रममा विदेसिएका नेपालीहरुको पिरमर्कालाई राम्ररी बुझ्ने मौका पाएको बताए ।

शर्मासङ्गै एयरपोर्टमा एनआरएनए आईसिसि उपाध्यक्ष एबं आगामी अधिवेसनमा उपाधयक्षका उम्मेदवार रोविन्द श्रेष्ठ,एनआरएनए जापानका अध्यक्ष नबिन न्युरेसहितका पदाधिकारीहरुलाई स्वागत गरिएको थियो । शर्मालाई स्वागत गर्न एनआरएनए उपाध्यक्ष डिबी क्षेत्री,कोशाध्यक्ष लोक दाहाल,युवा संयोजक अब्दुल बासिद,अभियन्ता शनि ओली,बिभिन्न देशका एनआरएन अभियन्ताहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

एनआरएनएको ११ औँ विश्व सम्मेलन यही अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ। विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि हालसम्म शर्मासहित बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र विनय अधिकारीसमेतले उम्मेदवारी घोषणा गरेका छन । हालसम्म उम्मेदवारी घोषणा गरेकामध्ये शर्मा बलिया उम्मेदवार मानिन्छन ।

केही साताअघि कतारमा आयोजित कार्यक्रमबाट औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका शर्माले सो क्रममा ‘२४ महिना २४ कार्यक्रम’ नाम दिइएको बाचापत्रमा सार्वजनिक गरेका थिए ।

बाचापत्रमा उनले एनआरएनहरूबीच एकतालाई पहिलो प्राथमिकता दिएका छन् ।

प्रतिक्रिया