शनिबार, वैशाख २२, २०८१

कुमारी बैंकलाई ऋणपत्र निष्काशन गर्न बार्डको अनुमति

मेरोन्यूज २०८० असोज १६ गते ११:०५

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको छ। बैंकले बोर्डबाट वार्षिक १० प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो।

Advertisement

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो । ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ।

बोर्डले बैंकले असोज ८ गते ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री गरिनेछ भने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ।

प्रतिक्रिया