शनिबार, वैशाख २२, २०८१

सुनको भाउ घट्ने क्रम रोकिएन, आज कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० असोज १५ गते ११:५६

काठमाडौं । केहिदिनयता सुनकाे भाउ लगातार घटिरहेकाे छ । गत साता मंगलबारदेखि सुनको भाउ घटिरहेकाे हाे ।

Advertisement

आइतबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि तोलामा १ सय रुपैयाँले घटेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुन १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेकाे हाे ।

त्यस्तै, आज तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको भाउ भने आज तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रतिक्रिया