आइतबार, वैशाख २३, २०८१

विदेश भ्रमणमा नेताहरुको लर्काे

प्रधानमन्त्रीदेखि सभामुखसम्म देशबाहिर, अर्थ, सहरी र खेलकुदसहितका आधा दर्जन पनि विदेश जाने तयारीमा

शित्तल शर्मा २०८० असोज १ गते ११:००

काठमाडौं । तेस्रो कार्यकाल सरकारको नेतृत्वमा आउने वित्तिकै प्रधानमन्त्री प्रचण्डले केही नयाँ काम गर्ने घोषणा गरे । आफुलाई केही गर्ने अवसर आएको भन्दै उनले सरकारमा आएको दुई महिनामै मन्त्री तथा उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकबाटै लिए ।

Advertisement

मन्त्री, उच्च्पदस्थ कर्मचारीहरु बेलगाम विदेश सयर गर्ने प्रवृत्ति बढेको देखेपछि प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमणका कडाई गर्ने निर्णय मन्त्रिपरिषद्को बैठक नै राखेर लिएका थिए । तर, निर्णय एउटा ब्यवहार अर्काे भनेझै उनी आफ्नै त्यही निर्णयमा ५ महिनासम्म पनि टिक्न सकेनन् ।

कतिपय सामान्य प्रतिनिधित्व मात्र भएपनि पुग्ने कार्यक्रममै मन्त्री र उच्चपदस्थहरु विदेश सयर गर्ने क्रम रोकिएको छैन । सामान्य भन्दा सामान्य कार्यक्रममा मन्त्री तथा उच्च पदस्थ कर्मचारी जार्ने नपर्ने भ्रमण तालिकामा पनि प्रधानमन्त्री आफै अहिले मन्त्रिपरिषद्को बैठकबाट धमाधम स्वीकृत दिन बाध्य भईरहेका छन् ।

गत भदौं महिनामा मात्रै पनि उनले आफ्नो सहित झण्डै आधा दर्जन मन्त्री तथा दुई जना राज्यमन्त्रीको विदेश भ्रमणलाई क्याबिनेटबाट स्वीकृत गराएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल देखि सभामुख देवराज घिमिरेसम्म अहिले विदेशमा छन् । झण्डै आधा दर्जन मन्त्री तथा राज्यमन्त्री पनि विदेश भ्रमणको तयारीमै छन् । कतिपयका भ्रम्ण स्वीकृत भइसकेका छन्, कतिपय भ्रमण स्वीकृत गराउने तयारीमा जुटेका छन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्न भदौं ३० मा अमेरिका प्रस्थान गरेका हुन् । उनी असोज १३ नभई काठमाडौं आईपुग्ने छैनन । त्यहीबाट उनको नेपालकै उत्तरी छिमेकी मुलुक चीनसम्मको यात्रा छ । दुई शक्तिराष्ट्रको भ्रमणमा निस्केका प्रधानमन्त्री राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर असोज ५ मा उत्रैबाट चीन उड्नेछन् । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद पनि अहिले अमेरिकामै छन् । उनी पनि चीन हुँदै प्रधानमन्त्रीसँगै नेपाल फर्कनेछन् । अमेरिका भने प्रधानमन्त्री भन्दा अगावै उनी पुगिसेकका थिए । प्रधानमन्त्रीको भ्रम्ण तयारी लगायतका कामका लागि उनी प्रधानमन्त्रीको अमेरिका भ्रमण भन्दा केही दिन अगाडी नै न्यूयोक पुगेका थिए ।

कार्यपालिका प्रमुख मात्रै होइनन, संघीय ब्यवस्थापिका अन्तगर्तका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि विदेश निस्केका छन् । उनी आयरल्यान्डको भ्रमण्मा निस्केका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक पनि झण्डै दुई साता लामो समयलाई स्थगित भएको छ । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा उनी संघीय संसदका सचिव पद्मप्रसाद पाण्डे र स्वकीय सचिव तेजप्रसाद भट्टराईलाई बोकेर आयरल्यान्डको डब्लिन प्रस्थान गरेका हुन् ।
उनी असोज ७ मा मात्रै काठमाडौं फर्किने कार्यतालिका बनाएर आइतबार साँझ त्यसतर्फ लागेको संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिएका छन् । यहीबीचमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि विदेश भ्रमणमा निस्कदैछन् । उनी बुधबार विदेश जान लागेका हुन् ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाका दुवै अध्यक्ष/सभामुख विदेश यात्रामा निस्केपछि दुबै सदन दुई साताका लागि स्थगित छन् । राष्ट्रिय सभा असोज १२ र प्रतिनिधिसभा असोज १४ गतेसम्मलाई स्थगित छन् ।

भदौंको यो एक महिनामा मात्रै केही मन्त्रीहरुले विदेश भ्रमण गरिसकेका छन् भने फेरि झण्डै आधा दर्जन मन्त्री त असोज १५ सम्म बाहिर जाने तयारीमा छन् । उनीहरुको भ्रमण प्रधानमन्त्री असोज १३ सम्म देश बाहिरै रहने भएकोले स्वीकृत समेत भईसकेको छ ।

केही दिन अगाडी मात्रै यूरोपको भ्रमण गरेकी सहरी विकास मन्त्री सीता गुरुङ फेरि मलेसियाको भ्रमणमा निस्कने तयारीमा छिन् । उनी मलेसियाको क्वालालाम्पुरमा कात्तिक ७ देखि ९ गतेसम्म आयोजना हुने high leavel 15 th regional environal sustainable transport forum in asia कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन् । उनको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।

उनी नेदरल्यान्डसमा भएको पूर्वाधार लगानी सम्वन्धी कार्यक्रममा सहभागी हुन यूरोप पुगेकी थिइन् ।

अर्थमन्त्री डा प्रकाशशरण महत पनि मोरोक्को जाने तयारीमा छन् । उनी मोरोक्कोको माराकेसमा आयोजना हुने विश्व वैंक समुह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन त्यसतर्फ जाने तयारीमा छन् । अर्थमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई मन्त्रीपरिषद्को बैठकले स्वीकृत दिइसकेको छ ।

अर्थमन्त्री असोज ८ र ९ मा इजिप्ट पनि जाँदैछन् । उनी इजिप्टको शार्म एल शेखमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैकको बोर्ड उ अफ गर्भनर्सको आठौं वार्षिक बैठकमा सहभागी हुनका लागि त्यसतर्फ जान लागेका छन् । उनी एसियाली पूर्वाधार लगानी बैंकका लागि गर्भनर समेत रहेकोले त्यसको नेतृत्व गदै इजिप्ट जान लागेको अर्थमन्त्रालयल स्रोतलेब ताएको छ । उनको यो भ्रमणलाई पनि मन्त्रिपरिषद्को बैठकले यस अगाडी नै स्वीकृत समेत गरिसकेको छ ।

त्यस्तै खेलकुदमन्त्री डिगबहादुर लिम्वु पनि चीन जाँदैछन् । चीनको होङझाओ शहरमा आयोजना हुने १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन युवा तथा खेलकुद मन्त्री लिम्बु र उक्त मन्त्रालयका सचिवलाई भ्रमणको स्वीकृत दिने निर्णय मन्त्रीपरिषद्को बैठकले गरिसकेको छ ।

उता दुई राज्यमन्त्री पनि विदेश भ्रमणमा निस्कने भएका छन् । श्रीलंकाको कोलोम्बोमा हुने Inclusivity and Diversity in Gender Equality in parliaments in asia कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी सहभागी हुन कोलोम्बो जान लागेकी हुन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात रान्यमन्त्री नन्दा चपाई पनि विदेश जाने तयारीमा छिन् । उनी चीनको वेइजिङमा असोज ८ देखि ९ सम्म आयोजना हुने Global Sutainable transport fourm 2023 कार्यक्रममा सहभागि हुन चीन जान लागेकी हुन् । उनको भ्रमणलाई पनि मन्त्रीपरिषद्ले स्वीकृत दिईसकेको छ ।

जनमत अध्यक्ष देखि आधा दर्जन बढी सांसद पनि विदेशमै
मन्त्रीहरु मात्रै होइनन, विभिन्न राजनीतिक दलका नेता, सांसद पनि यतिबेला विदेशमा छन् । जनमत पार्टी अध्यक्ष सिके राउत अमेरिका पुगेका छन् । उनी प्रधानमन्त्री अमेरिका हिँडेको भोलिपल्टै अमेरिका प्रस्थान गरेका हुन् ।

उनी ब्यक्तिगत कामका कारण अमेरिका गएका उनको पार्टीका सचिव विपि साहले जानकारी दिएका छन् । सिके राउतसँगै कतार एयरवेजको जाहाजवाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, कांग्रेस सांसद रुपा विक पनि अमेरिका नै पुगेकी छिन् ।

त्यस्तै कांग्रेस सांसद तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवा सिंगापुर हुँदै जापान पुगेकी थिइन् । त्यहाँबाट फर्केर डा आरजु संसदको कृर्षि समितिका केही सांसदहरुको साथमा फेरि बंगलादेश जाने तयारीमा छिन् । उनी संसदको कृर्षि समितिकी सभापति पनि हुन् । सांसद विनोद चौधरी पनि सिंगापुरमा छन् ।

त्यस आलावा पनि थप केही सांसदहरु पनि विदेशतिरै एनजिओका कार्यक्रम बनाउदै उतैतिर रमाईरहेको हुनसक्ने संसद सचिवालयले जनाएको छ ।

स्थानीय तहका पनि जादै

स्थानीय तहका जनप्रतिनिधिको पनि विदेश सयर रोकिएको छैन । थप केही स्थानीय तहका जनप्रतिनिधि अमेरिका जाने तयारीमा छन् । असोज १३ देखि १७ सम्म अमेरिकाको टेक्सासमा आयोजना हुने २०२३ international city/county management association (ICMA) annual conference कार्यक्रममा सहभागी हुन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह जाने तयारीमा छन् ।

उनको उक्त भ्रमणको स्वीकृत मन्त्रीपरिषदले गरिसकेको छ । त्यस्तै, अमेरिकाको न्यूयोर्कमा हुने दिगो विकास लक्ष्य सम्मेलन २०२३ मा सहभागी हुन जिल्ला समन्वय समितिका प्रमुखहरु सुनसरीका राजन मेहता, रसुवाका अशोककुमार घिमिरे, काभ्रेका दिपक कुमार गौतम, रुकुम पश्चिमका लुम्बिनी गौतम र खोटाङका सनबहादुर राई पनि अमेरिका जान लागेका छन् ।

प्रतिक्रिया