शुक्रबार, वैशाख २१, २०८१

आईईसी कलेजद्वारा आयोजित ‘आईईसी डिजाइन रनवे १२’ सम्पन्न

मेरोन्यूज २०८० भदौ ३१ गते १५:५४

काठमाडौँ । आईईसी कलेजद्वारा आयोजित ‘आईईसी डिजाइन रनवे १२’ सम्पन्न भएको छ । आईईसी कलेजका पास आउट विद्यार्थीहरूले ५१ जना डिजाइनरहरूले तयार पारेको डिजाइनहरू प्रस्तुत गरेका थिए ।

आईईसी कलेज अफ आर्ट्स एन्ड फेसनका २०२० ब्याजका विद्यार्थीहरूले आयोजना गरेको शोको कोरियोग्राफि पुरण क्षेत्रीले गरेका थिए ।

शोमा २७ नेपाली तथा ३ अन्तराष्ट्रिय मोडलहरूले आईईसी कलेजका पासआउन विद्यार्थीले तयार पारेका डिजाइनहरू प्रस्तुत गरेका थिए ।

‘आईईसी डिजाइन रनवे १२’ मा ११ वटा सिक्वेन्सहरू रहेका थिए । जसमा ‘ब्लिंक टेल्स’, ‘द ब्रोकन कोलम’, ‘रिभाइभल मेटामोर्फोसिस’, ‘होमेज टू स्टोलन आर्टिफ्याक्टस’, ‘फेज डेलालुन’, ‘मोजोलिका’, ‘अभियाना’, ‘फंगाइ’, ‘अन्डर वाटर स्केप’, ‘फ्लोरल अपलेन्स’, ‘इलुमाइन अलर’ शीर्षकका सिक्वेन्सहरू रहेको थियो ।

शोमा अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ तथा अश्मी श्रेष्ठ सहित मिस्टर नेपालका समर्पण कार्की रहेका थिए ।

त्यस्तै, फेसन सोमा भारतीय कोरियोग्राफार यतिन नरेन्द्र गान्धीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया