शुक्रबार, वैशाख २१, २०८१

सञ्चालनमा आयाे दिपक-दिपाको सिनेमा हल

मेरोन्यूज २०८० भदौ २९ गते ११:४२

काठमाडौं। दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण भएको फिल्म हल आजबाट सञ्चालनमा आएको छ ।

Advertisement

लामो समयदेखि निर्माण भएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आएको हो ।

आजै सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म ’नाङ्गो गाउँ’ र झरना थापा निर्देशित फिल्म ’एक भागवत र एक गीता’ प्रदशनमा आएका छन् ।

हल केही समय अगाडि नै उद्घाटन गर्ने योजना भएपनि दीपक–दीपाले आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ गरि सञ्चालनमा ल्याएका हुन्।

आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गतको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ ।

प्रतिक्रिया