शुक्रबार, वैशाख २१, २०८१

शाहरुखले राेक्न सकेनन् सन्नीकाे रफ्तार

मेरोन्यूज २०८० भदौ २८ गते १७:२२

काठमाडाैं । सन्नी देओल स्टारर फिल्म ‘गदर २’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेकाे छ । सन् २००१ मा बनेको फिल्म ‘गदर: एक प्रेम कथा’को यस सिक्वेललाइ फ्यानहरूले अपार मायाको वर्षाइरहेका छन्।

याे एक्शन ड्रामा फिल्म हलमा रिलिज भएको ३३ दिन पुरा भइसकेको छ ।

यसैबीच केहिदिन अघि शाहरुख खानकाे एक्सन फिल्म ‘जवान’ पनि रिलिज भएको छ । ‘जवान’को आगमनसँगै ‘तारा सिंहका पाइला पक्कै डगमगाएका छन्, तर ‘गदर २’ मर्न तयार छैन ।

‘गदर २’ गत महिना ११ अगस्टमा हलमा रिलिज भएको थियो । फिल्म अक्षय कुमारको ओएमजी २ सँगै रिलिज भएको थियो । एकातिर अक्षयको फिल्मको यात्रा अहिले बक्स अफिसमा रोकिएको छ भने अर्कोतिर सन्नी देओलको फिल्म लगातार अघि बढिरहेको छ ।

शाहरुख खानको ‘जवान’ रिलिजले ‘गदर २’ मा प्रभाव पारेको थियो, तर पनि सन्नीले आफ्नो मनोबल उच्च राखेका थिए ।

रिलिजको ३३ दिन बितिसक्दा पनि फिल्मले विश्वभर करोडौंको व्यापार गरिरहेको छ । ३४ औं दिनमा ‘गदर २’ ले विश्वव्यापी रुपमा ६७५ करोड भारुको व्यापार गरेको छ ।

‘गदर २’ ले मंगलबार विश्वभर करिब २ करोडको व्यापार गरेको थियो भने बुधबार फिल्मले विश्वभर १ करोडको व्यापार गरेको थियो ।

गदर १ मा ‘तारा सिंह’ले आफ्नी पत्नी सकिनालाई पाकिस्तानसँग लडिरहेको देखिएका थिए भने ‘गदर २’ मा उनले आफ्नो अनस्क्रिन छोरा ‘जीते’ उर्फ ​​उत्कर्ष शर्मालाई बचाउन पाकिस्तानको सीमा पार गरेका छन्।

प्रतिक्रिया